बेपत्ता नागरिकको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)
सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका नागरिकको सम्झनामा बुधबार साँझ नयाँ बानेश्वरमा दीप प्रज्वलन गरिएको छ।
संसारभर बुधबार बेपत्ता विरुद्धको दिवस मनाइएको छ। नेपालमा पनि बेपत्ता नागरिकको सम्झनामा द्वन्द्वपीडित र अधिकारकर्मीले दीप प्रज्वलन गरेका हुन्।
२०६३ मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने उल्लेख गरिएको थियो। तर, १७ वर्ष पुगिसक्दा पनि बेपत्ता नागरिकको अवस्था सार्वजनिक नभएकोमा पीडित परिवारले रोष प्रकट गरेका छन्।
उनीहरूले बेपत्ता आफन्तको अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न, न्याय र परिपूरणको व्यवस्था गर्न माग गरेका छन्।