एशिया कप: नेपाललाई तेस्रो सफलता, रिजवान आउट
एशिया कप अन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।
मुल्तान किक्रेट मैदानमा चलिरहेको खेलमा पाकिस्तानका मोहम्मद रिजवान आउट भएका हुन्। उनलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका छन्। रिजवान ४४ रनमा आउट भएका हुन्।
पाकिस्तानको पहिलो विकेट २१ रनमा झरेको थियो। प्रारम्भिक ब्याटर फाखर जमामलाई करण केसीले आउट गरेका थिए।
त्यसपछि दोस्रो विकटका रूपमा इमाम–उल हक आउट भएका थिए। उनलाई रोहित पौडेलले रन आउट गरेका थिए।
पहिलो इनिङको आधा खेल सकिंदा पाकिस्तानले तीन विकेटको क्षतिमा ११५ रन बनाएको छ। पाकिस्तानी कप्तान बाबर आजम ४५ रन बनाएर खेलिरहेका छन्।