नेपालसँग खेल्ने पाकिस्तानी टोलीमा फेरबदल, कुन टोलीमा कुन खेलाडी?
एशिया कपको पहिलो खेलमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको पाकिस्तानी टोलीमा फेरबदल गरिएको छ।
पहिलो खेलमा भदौ १३ गते आयोजक पाकिस्तान र नेपालबीच प्रतिस्पर्धा हुँदै छ। पाकिस्तानले यसअघि घोषणा गरेको १७ सदस्यीय टोलीमा सामान्य फेरबदल गरेको हो।
पाकिस्तानले मध्य क्रमका ब्याटर साउद शकीललाई एशिया कपको टोलीमा थपेको छ। उनी यसअघि १७ सदस्यीय प्रारम्भिक टोलीमा परेका थिएनन्।
त्यस्तै, पाकिस्तानले प्रारम्भिक टोलीमा रहेका तय्यब तहिरलाई रिजर्भ खेलाडीको सूचीमा राखेको छ। यसअघि उनी अफगानिस्तानसँगको प्रतियोगितामा पनि प्रारम्भिक टोलीमा थिए तर खेल्न पाएका थिएनन्।
शकीलले भने पाकिस्तानी टोलीमा पुनरागमन गरेका हुन्। उनी यसअघि अफगानिस्तानसँगको प्रतियोगितामा टोलीमा परेका थिएनन्।
एशिया कपको पहिलो खेल मुल्तानमा हुनेछ। पाकिस्तानी टोली दुई दिनअघि मुल्तान पुगिसकेको छ।
त्यस्तै, पहिलो खेलका लागि नेपाली टोली पनि मुल्तान पुगिसकेको छ। नेपाल र पाकिस्तानको खेल भदौ १३ गते अपराह्न ३ः१५ बजे शुरू हुनेछ।
एशिया कपमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजक पाकिस्तानसँग नेपाल र भारत समूह ‘ए’ मा छन्। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्। श्रीलंकाले मंगलबार साँझ मात्रै एशिया कप खेल्ने टोली घोषणा गरेको छ।
पाकिस्तानी टोली: बाबर आजम (कप्तान), अब्दुल्लाह शाफिक, फखर जमान, इमामुल हक, सलमान अली अघा, इफ्तियार अहमद, मोहम्मद रिजवान, मोहम्मद हरिस, शदाब खान, मोहम्मद नवाज, उसमा मीर, फहीम अस्रफ, हरीश रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी, साउद शकील र तय्यब ताहिर (रिजर्भ) ।
नेपाली टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिश जीसी, मौसम ढलका, सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद।
भारतीय टोली: रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अयर, केएल राहुल, शुवमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किसन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दूल ठाकुर, जस्प्रित बुमराज, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्ण र सन्जु सामसन (रिजर्भ)।
बाङ्लादेशी टोली: शकिब अल हसन (कप्तान), लिट्टोन दास, नजमुल हुसैन शन्टो, तोहिद हृदोय, मुश्फिकर रहिम, अफिफ हुसैन ध्रुबो, मेहिदी हसन मिराज, तस्किन अहमद, हसन महमुद, मुस्ताफिजुर रहमान, शोरिपुल इस्लाम, नसुम अहमद, शाक महेदी हसन, नैम शेख, शमिम हुसैन, तन्जिद हसन तमिम र तन्जिम हसन सकिब।
अफगान टोली: हस्मुतुल्ला शहिदी (कप्तान), रह्मनुल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्ला जद्रान, मोहम्मद नबी, इक्रम अलिखिल, रशिद खान, गुल्बदिन नैब, करिम जनत, अब्दुल रहमान, शरफुद्दीन अस्रफ, मुजीब उर रहमान, नुर अह्मद, सलिमन सुफी, फजलहक फारुकी।
श्रीलंकाली टोली: दासुन शनाक (कप्तान), पथुम निसांका, दिमुथ करुनारत्ने, कुसाल जनिथ परेरा, कुसल मेन्डिस, चरिथ असलंका, धनन्जय डि सिल्भा, सदीरा समराविक्रमा, महीश थिक्सना, दुनिथ वेलालागे, मथीशा पथिराना, कसुन रजिथा, दुशन हेमन्था र बिनुरा फर्नान्डो।
- भदौ १२ गते साँझ अपडेट गरिएको।