विवेकशील साझा बागमतीमा नयाँ नेतृत्व
विवेकशील साझा पार्टीको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन्।
पार्टीको प्रदेश अधिवेशनले उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसीलाई निर्वाचित गरेको प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेले जानकारी दिए।
खड्का नेतृत्वको समितिमा प्रेमप्रसाद वस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदालक्ष्मी प्रधान, मधुसूदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भूषणकुमार श्रेष्ठ चयन भएका हुन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराइएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले बताए। असोज दोस्रो साता कोशीमा प्रदेश अधिवेशन गर्न लागिएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले बताए।