रास्वपाले फिर्ता लिएपछि जनमतका उम्मेदवार निर्विरोध निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन्।
समितिको सोमबारको बैठकमा रास्वपाका उम्मेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताएका थिए। समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
रास्वपाका उम्मेदवार पराजुलीले खानलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले रास्वपा उम्मेदवार पराजुलीलाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि रास्वपा उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिएको खानले बताए।
प्रतिनिधि सभाका अन्य नौ समितिमा भने एकल उम्मेदवारी परेको थियो।