एनसेललाई एक्सिलेन्स अवार्ड
एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ।
काठमाडौंमा आयोजित सातौं सेल्स समिट २०२३ मा एक्सिलेन्स अवार्ड पाएको हो। एनसेलले ‘मार्केटिङ डोमेन इन्स्टिच्यूशनल क्याटेगोरी’ अन्तर्गत यो अवार्ड प्राप्त गरेको हो।
कम्पनीले उत्कृष्ट बिक्री नतीजा प्राप्तिका लागि गरेका प्रयास, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यको लागि यो अवार्ड पाएको जनाइएको छ।
“यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा गौरवान्वित छौं। यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टीमको कडा परिश्रम र समर्पणको प्रमाण हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिंदै ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं।”
ग्रोथ सेलर्स प्रालिको स्वायत्त सहायक संस्था ग्रोथ लिडरशिप एकेडेमीले ‘सेल्स समिट २०२३’ आयोजना गरेको हो। यो नेटवर्किङ, नलेज एक्सचेन्ज र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने कार्यक्रम हो।