कस्ता छन् एशिया कप खेल्ने टोली?
आईसीसी पुरुष क्रिकेट विश्वकपको एक महीनाअघि हुन लागेको एशिया कपले सबैको ध्यान तानेको छ।
आईसीसी विश्वकप असोज १८ गतेदेखि मंसीर ३ गतेसम्म भारतमा आयोजना हुँदै छ। भारतमा विश्वकपको तयारी चलिरहेका वेला पाकिस्तान र श्रीलंकामा एशिया कप हुँदै छ।
पाकिस्तानमा तय गरिएको एशिया कप भारतले खेल्न नजाने अडान लिएपछि श्रीलंकामा पनि हुँदै छ। भारतका खेल श्रीलंकामा हुनेछन्।
भदौ १३ देखि ३१ गतेसम्म हुने एशिया कपको पहिलो खेल आयोजक पाकिस्तान र नेपालबीच हुनेछ। पाकिस्तानको मुल्तानमा हुने खेलमा पहिलो पटक नेपालले पाकिस्तानको सामना गर्नेछ।
अहिले नेपाली टोली पाकिस्तानमै छ। केही दिनदेखि अभ्यास गरिरहेको छ।
समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्। दुवै समूहबाट दुई-दुई टोली अर्को चरणमा प्रवेश गर्नेछन्।
एशिया कपका लागि नेपालसँगै चार देशले टोली घोषणा गरिसकेका छन्। श्रीलंका र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ।
नेपाली टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिश जीसी, मौसम ढलका, सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद।
पाकिस्तानी टोली: बाबर आजम (कप्तान), अब्दुल्लाह शाफिक, फखर जमान, इमामुल हक, सल्मान अली अघा, इफ्तियार अहमद, तयाब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिस, शदाब खान, मोहम्मद नवाज, उसमा मीर, फहीम अस्रफ, हरीश रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन अफ्रिदी।
भारतीय टोली: रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अयर, केएल राहुल, शुवमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किसन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दूल ठाकुर, जस्प्रित बुमराज, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्ण र सन्जु सामसन।
बाङ्लादेशी टोली: शकिब अल हसन (कप्तान), लिट्टोन दास, नजमुल हुसैन शन्टो, तोहिद हृदोय, मुश्फिकर रहिम, अफिफ हुसैन ध्रुबो, मेहिदी हसन मिराज, तस्किन अहमद, हसन महमुद, मुस्ताफिजुर रहमान, शोरिपुल इस्लाम, नसुम अहमद, शाक महेदी हसन, नैम शेख, शमिम हुसैन, तन्जिद हसन तमिम र तन्जिम हसन सकिब।