अबको केही दशकमा सानो घाउले पनि हाम्रो मृत्यु हुन सक्छ : डा. पुन
वर्षैपिच्छे नयाँ नयाँ प्रकृतिका एन्टिबायोटिक्स बनाउन सकिंदैन। तर, रोग त घट्दैन। ती रोग कम गर्न कडा किसिमका एन्टिबायोटिक्स चाहिन्छ, त्यो वेला त्यस्ता एन्टिबायोटिक्स नबन्दा सामान्य रोगले पनि मानिस मर्न सक्छन्।
अबको केही दशकमा सानो घाउले पनि हाम्रो मृत्यु हुन सक्छ : डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ
दुई दशकभन्दा बढी समयदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सरुवा रोग प्रकोपका रूपमा फैलिएका वेला सर्वाधिक खोजिने चिकित्सकमध्ये पर्छन्। उनका सहकर्मी चिकित्सकहरू पुनलाई नेपालमा देखिएका सरुवा रोगको ‘इन्साइक्लोपेडिया’ भन्दा फरक नपर्ने बताउँछन्। उनै पुनसँग नेपालमा देखिएका सरुवा रोग र तिनका प्रवृत्तिका विषयमा गरिएको कुराकानी:
अन्तर्वार्ता : सागर बुढाथोकी, क्यामरा : सुमन नेपाली, अडिओ : सोमित अधिकारी, सम्पादन : तुषार तण्डुकार