द्वन्द्वपीडितहरूद्वारा ३३ बुँदे काठमाडौं घोषणापत्र पारित
द्वन्द्वपीडितहरूले आफूहरू सहित सरोकारवालासँगको परामर्श, सर्वोच्च अदालतको परमादेश तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम संक्रमणकालीन न्याय ऐन तत्काल संशोधन गर्न माग गरेका छन्।
काठमाडौंमा भदौ ५ मा आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शले विश्वसनीय प्रक्रियाद्वारा तत्काल विश्वसनीय, सक्षम र स्वतन्त्र आयोग गठन गर्नुपर्ने लगायत ३३ बुँदे घोषणापत्र पारित गरेको हो।
२०६३ मंसीर ५ को विस्तृत सम्झौतामा गरिएको प्रतिबद्धता सरकार र राजनीतिक दलहरूले निरन्तर उल्लंघन गर्दै आएको उनीहरूको निष्कर्ष छ। ‘वास्तवमा संक्रमणकालीन न्याय विश्वसनीय ढङ्गले टुङ्ग्याउने सवालमा सरकार र आलोपालो सरकारमा रहेका कुनै पनि प्रमुख राजनीतिक दल संवेदनशील भएनन्, आयोग लगायतका निकाय जवाफदेही एवम् इमानदार भएनन्,’ घोषणापत्रमा भनिएको छ, ‘संक्रमणकालीन न्यायलाई सफल निष्कर्षमा पुर्याउन संवेदनशील र इमानदार भएको भए आयोग गठन भएको आठ–आठ वर्षसम्म कुनै ठोस उपलब्धि हासिल नहुने अवस्था आउने नै थिएन।’
हस्ताक्षरकर्ता
१. रूपेश शाह, सुनसरी
२. रामकुमारी राई, ताप्लेजुङ
३. लीलादेवी तामाङ, मोरङ
४. उदयकुमार शाह, सिरहा
५. बालकृष्ण श्रेष्ठ, पर्सा
६. सुनिता देवी शाह, सप्तरी
७. हेमकुमारी भट्टराई, पर्सा
८. कृष्णबहादुर घिसिङ, दोलखा
९. बादल तामाङ, दोलखा
१०. तुलसीबहादुर खड्का, रामेछाप
११. सुरेन्द्र खत्री, म्याग्दी
१२. सावित्री खड्का, बाग्लुङ
१३. दुदराज अधिकारी, कास्की
१४. सुनिता घले, लमजुङ
१५. रामचन्द्र बिके, कास्की
१६. निरञ्जनकुमार चौधरी, बर्दिया
१७. सञ्जयकुमार गुप्ता बानिया, रुपन्देही
१८. श्रीकुमारी रोक्का, रोल्पा
१९. चन्द्रकला उप्रेती, बाँके
२०. शीतलसिंह राठोर, सुर्खेत
२१. रत्ना रेग्मी, दैलेख
२२. गणेशबहादुर मल्ल, कैलाली
२३. दीपक मल्ल, कैलाली
२४. सोनिया चौधरी, कैलाली
२५. कल्याण बुढाथोकी, रामेछाप
२६. धर्मराज न्यौपाने, अछाम
२७. गोपाल शाह, बर्दिया
२८. मैना कार्की, जाजरकोट
२९. गीता रसाइली, काभ्रे
३०. सुशीला चौधरी, दाङ
३१. बब्लु लामा, काठमाडौं
३२. शोभा भट्ट, काठमाडौं
३३. नेत्र भण्डारी, काठमाडौं
३४. सुमन अधिकारी, लमजुङ
३५. मोहन परियार, रोल्पा
३६. एकराज भण्डारी, काठमाडौं
३७. सृजना राई, सुनसरी
३८. रत्नबहादुर घिमिरे, झापा
३९. नमबहादुर बोहरा, अछाम
४०. दीक्षा अधिकारी, काठमाडौं
४१. बद्रीबहादुर केसी, बाग्लुङ
४२. रमिला जोशी, भक्तपुर
४३. सविता शाही, कालिकोट
४४. सुशीलाकुमारी शाही, कालिकोट
४५. भोजराज तिमिल्सिना, अछाम
४६. लक्ष्मीकान्त तिमल्सिना, बर्दिया
४७. नहेन्द्रकला तिमल्सिना, बर्दिया
४८. प्रवीण चौधरी, कैलाली
४९. मनीषा शाही, कालिकोट
५०. कल्याणकारी साह, सप्तरी
५१. गोपालबहादुर शाह, बर्दिया
५२. सृजना श्रेष्ठ, काठमाडौं