नवनियुक्त प्रधानन्यायाधीशले लिए शपथ
हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गत साउन २० गते अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।
संसदीय सुनुवाइ समितिले सोमबार प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो।
हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गत साउन २० गते अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।
श्रेष्ठ २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन्।