पद्मश्री पुरस्कारको संक्षिप्त सूचीमा पाँच पुस्तक
पद्मश्री साहित्य पुरस्कारका लागि छनोट भएका पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विस्तारित सूचीबाट छनोट भएका पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको हो। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रेस विज्ञप्ति जारी गरी निर्णायक मण्डलको सिफारिश बमोजिम संक्षिप्त सूचीमा पाँच पुस्तक अटाएको जनाएका छन्।
सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्। यिनै पाँच पुस्तकमध्ये एक पुस्तकले पद्मश्री साहित्य पुरस्कार पाउनेछ।
यस पुस्कारका लागि १८० पुस्तक पहिलो चरणको प्रतिस्पर्धामा समावेश थिए। तीमध्ये गत असार १५ मा उत्कृष्ट १५ पुस्तकको विस्तारित सूची सार्वजनिक गरिएको थियो।