कोशीमा गनगाईं बने उद्योग राज्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राज्यमन्त्री थपेका छन्।
बुधबार प्रदेश प्रमुख परशुराम खापुङले गयानन्द मण्डल गनगाईंलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री थापाका सिफारिशमा प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनले बुधबार नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। शपथग्रहण समारोहमा प्रदेशका मन्त्री, कर्मचारी, न्यायालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो।