गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो
‘केही गर्न सक्छौं भन्ने मान्छेको आशा पनि गुम्दै गएको छ। युवा पुस्तालाई देश छोड्न हतारो छ।’
चिकित्सा शिक्षा सुधारको आन्दोलन संलग्न डा. गोविन्द केसीसँगै चर्चामा आएका अर्का चिकित्सक हुन् डा. जीवन क्षेत्री। यो आन्दोलनसँगै लेखनमा पनि सक्रिय डा. क्षेत्रीको भर्खरै नुन-तेल पुस्तक सार्वजनिक भएको छ।
चितवनमा बसेर सामाजिक न्याय तथा सामाजिक मुद्दामा बहस गर्दै र गराउँदै आएका डा. क्षेत्री समसामयिक विषयमा कलम पनि चलाउँदै आएका छन्। पछिल्लो पुस्तक नुन-तेलमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा डा. क्षेत्रीसँग शमशाद अहमदले गरेको कुराकानीः
गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो: डा. जीवन क्षेत्री, लेखक
अन्तर्वार्ता : शमशाद अहमद,
क्यामरा : गोपेन राई,
अडिओ : सोमित अधिकारी,
सम्पादन : परिश्चित शाही
विस्तृत पढ्न: https://www.himalkhabar.com/news/137482