भारत र पाकिस्तानसँग खेल्ने नेपाली टोली घोषणा
पाकिस्तान र श्रीलंकामा हुने एशिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा आशिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन्।
एशिया कप भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदै छ। नेपाल रहेको समूह ‘ए’ मा भारत र पाकिस्तान छन्। नेपालले पहिलोमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।