जनमत सरकारमा सहभागी, साह बनिन् मन्त्री
जनमत पार्टी पनि संघीय सरकारमा सहभागी भएको छ भने अनितादेवी साह मन्त्री बनेकी छन्।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री साहले शपथ लिएकी हुन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो।