सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ
करीब १०० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई पक्राउ गरिएको हो। चीन प्रस्थान गर्न लागेका उनीहरूलाई नियन्त्रणमा लिइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले बताए।
पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को जिम्मा लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ। यस प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन्।
हङकङबाट आएको करीब १०० किलो सुन साउन ३ गते राजस्व अनुसन्धान विभागको टोली नियन्त्रणमा लिएको थियो। यसको अनुसन्धानको जिम्मा विभागले सीआईबीलाई दिएको छ।