नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध ब्यूरोले अपरेशन थालेको छ। ब्यूरोले बिहीबारै पाँच जनालाई पक्राउ गरेको थियो।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध ब्यूरोले अपरेशन थालेको छ। बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो।
सीआईबीले हिजो मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सुनिल शर्मालाई पक्राउ गरेको थियो। मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेको थियो।