काठमाडौंको बाढी (तस्वीरहरू)
हरेक वर्ष मनसुनमा काठमाडौं उपत्यका भएर बग्ने नदीको जलसतह बढ्दा विभिन्न क्षेत्रमा डुबान हुने गरेको छ।
सोमबार रातिदेखि परेको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतह बढ्दा विभिन्न स्थान जलमग्न बनेका छन्। उपत्यकाका गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुशी, अनामनगर लगायत नदी आसपासको क्षेत्र डुबानमा पर्दा जनजीवन प्रभावित छ।
टेकुस्थित बागमती नदी आसपासमा कम्मर-कम्मरसम्मै डुबान भएको छ। बाढी घरभित्रै छिरेको छ। बाढी पसेपछि त्यहाँका बासिन्दाले घरबाट सरसामान निकालिरहेका छन्। बाढीको पानी बाल्टिन र कचौराले निकालेर फालिरहेका छन्।
हरेक वर्ष मनसुनमा काठमाडौं उपत्यकाका नदी किनारका बासिन्दा बाढी तथा डुबानबाट प्रभावित हुने गरेका छन्।