भगवान बुद्ध राजकुमार होइनन् भन्ने देखिन्छ : हरिराम जोशी, संस्कृतिविद्
सात दशकदेखि संस्कृति र इतिहासको अनुसन्धानमा सक्रिय साधक हुन्, संस्कृतिविद् हरिराम जोशी (८७)। संशोधन मण्डल र कमलप्रकाश मल्लका बौद्धिक बहस चर्किएको समयमा उनी भिन्न वैचारिकी सहित इतिहास लेखनमा जुटेका थिए। नेपाली इतिहास लेखनमा राष्ट्रवादी भावुकताको प्रवृत्ति रहेको औंल्याउँदै उनी यसलाई समस्या मान्छन्। दुई दर्जनभन्दा बढी पुस्तक र दुई वटा विश्वकोश प्रकाशन गरेका जोशी हाल महाभारत विश्वकोश प्रकाशनको तयारीमा व्यस्त छन्। उनले सन् १९८१ देखि २८ वर्षसम्म रोलम्ब जर्नल प्रकाशन गरेका थिए। जनसमुदायबाट ‘संस्कृति शिरोमणि’ उपाधि पाएका उनी प्राज्ञिक जगत्मा भने गुमनाम जस्तै छन्।
अन्तर्वार्ता : गोविन्द न्यौपाने,
क्यामरा : गोपेन राई,
अडिओ: सोमित अधिकारी,
सम्पादन: परिश्चित शाही