काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबुछोरीको मृत्यु
गएरातिको पहिरोले तामाङ भाडामा बस्दै आएको घर पुरिंदा उनी सहित छोरीको मृत्यु भएको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका-५ मा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ। तारकेश्वर-५, चो गाउँमा गएरातिको पहिरोले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चो गाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
उनका अनुसार गएराति घरमाथिबाट खसेको पहिरोले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो। सोही घटनामा परी सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।