चार हजार रूख काट्न स्वीकृति दिने सहित यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय
सरकारले मातातीर्थ-माल्टा प्रसारण लाइनका लागि वन क्षेत्रमा रहेका चार हजार १७२ वटा रूख काट्न स्वीकृति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणलाई मातातीर्थ-माल्टा ३३ केभी प्रसारण लाइनका लागि ‘टावरप्याड’ र ‘राइट अफ वे’ को निर्माणका लागि काठमाडौं, ललितपुर मकवानपुरमा रहेको राष्ट्रिय वन र वन क्षेत्रको २४.६७ हेक्टर जग्गा २० वर्ष प्रयोग गर्न दिने निर्णय गरेको हो। यससँगै विद्युत् प्रसारण लाइनका लागि वन क्षेत्रमा पर्ने चार हजार १७२ रूख कटान गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
त्यस्तै, तल्लो सेलाङ खोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न सिन्धुपाल्चोकको राष्ट्रिय वन क्षेत्रभित्रका ५४ वटा रूख कटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ।