ग्लोबल आईएमई र डिप्रोक्स नेपालबीच सहकार्य
ग्लोबल आईएमई ब्यांंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन गर्ने समझदारी भएको छ।
समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्न डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा ब्यांकको सहभागिता रहनेछ।
त्यस्तै, परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुमपूर्वका शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ; भूमे र पुथाउत्तरगंगा गरी आठ स्थानीय तहमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि ब्यांंकको सहभागिता रहने भएको छ। ब्यांंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास गरिएको छ।