नेपालीलाई रूसी सेनामा नजान परराष्ट्र मन्त्रालयको आग्रह
परराष्ट्र मन्त्रालयले युवाहरूलाई युद्धरत रूसी सेनामा भर्ती हुन नजान आग्रह गरेको छ।
सामाजिक सञ्जालमा नेपाली युवाहरू समेत रूसी सेनामा भर्ती भएको भिडिओ सार्वजनिक भएको केही महीनापछि विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। कुनै पनि देशको नाम नतोकी साउन १६ मा जारी विज्ञप्तिमा यसअघि नेपाल सरकारसँग भएको सम्झौता अनुसार भर्ती भएका देशका सेनामा बाहेकका भर्ती नहुन आग्रह गरिएको छ।
अटेर गरेर गए उनीहरूको उद्धार कठिन हुने पनि मन्त्रालयले जनाएको छ।