पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
मनसुनी वायुसँगै न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले आज पश्चिम नेपालमा भारी वर्षाको सम्भावना छ।
जल तथा मौमस विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। जसले गर्दा आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यससँगै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भने मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यससँगै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने विभागले आकलन गरेको छ। भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।