साउने सोमबारमा शिवलाई पञ्चामृत स्नान
हिन्दू धर्मावलम्बीहरू साउन महीनालाई पवित्र मान्छन्। अझ सोमबारको दिन भगवान् शिवको आराधना गरेमा मनोकामना पूरा हुने विश्वास गर्छन्।
यसै सिलसिलामा काठमाडौंको वसन्तपुरस्थित पशुपतिनाथ मन्दिरमा साउनको सोमबारको अवसरमा भगवान् शिवको मूर्तिलाई पञ्चामृतले स्नान गराइएको छ। उपस्थित भक्तजनले पनि पञ्चामृत स्नान गरेका छन्।