१५ सय दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले आफ्नो मातहतका विभिन्न निकायका एक हजार ५०० दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताए। यी प्रदेश सरकार मातहत रहेका अस्थायी र करारका दरबन्दी हुन्।
यस्तै, मन्त्रिपरिषद्ले दुई जना कर्मचारीलाई ११औं तह (प्रदेश सचिव)मा बढुवा गरेको छ। स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनीयर सेवातर्फ लोकनाथ रेग्मीलाई बढुवा गरेको मन्त्री दुलालले बताए।
यससँगै मन्त्रिपरिषद् बैठकले प्रदेश श्रम तथा रोजगार नीति, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।