बाघको चाल (तस्वीरहरू)
जावलाखेलस्थित सदर चिडियाखानामा शनिबार बेग्लै माहोल थियो। चिडियाखाना पुगेका आगन्तुक पनि खुशी देखिन्थे। त्यसको कारण थियो, बाघ दिवस र बाघ।
आज संसारभर विश्व बाघ दिवस मनाइएको छ। नेपालमा पनि सदर चिडियाखानासँगै संरक्षित क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरी बाघ दिवस मनाइएको छ।
यही अवसरमा चिडियाखाना पुगेका संरक्षणकर्मी तथा आगन्तुकले बाघ हेर्न पाए। प्रायः देख्नै मुश्किल हुने चिडियाखानाको बाघ शनिबार भने आफ्नै चालमा यताउता गरिरहेको थियो। घरी बाहिर नजर लगाउँथ्यो भने घरी चिडियाखानाभित्रै रहेको अर्को बाघ नजिक पुग्थ्यो।
नेपालमा ३५५ बाघ रहेको तथ्याङ्क छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सा वन्यजन्तु आरक्षमा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ छन्।