नेपालमा चिनियाँ लगानीबारे पुस्तक सार्वजनिक
नेपालमा चिनियाँ लगानीको इतिवृत्त समेटिएको पुस्तक चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर: स्टाट्स, इस्सु एन्ड च्यालेन्जेज सार्वजनिक भएको छ।
यो पुस्तक पाँच जनाले संयुक्त रूपमा लेखेका हुन्। नेपालका सरकारका पूर्व सचिवद्वय लालशंकर घिमिरे र दीपेन्द्रनाथ शर्मा, आईआईडीएसकी निर्देशक डा. सुचिता प्याकुरेल, विश्व ब्यांंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्याय, सेसिफका अध्यक्ष विजयकान्त कर्ण तथा सेसिफका अनुसन्धान सल्लाहकार अजयभद्र खनालले पुस्तक सार्वजनिक गरेका छन्।
अमिशराज मुल्मी, अर्पण गेलाल, अनिल गिरी, रौनवसिंह खत्री र मिलन आचार्यले लेखेको पुस्तक सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरालिज्म (सेसिफ)ले प्रकाशन गरेको हो। ६ अध्यायमा विभाजित पुस्तकमा नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ संलग्नताबारे विश्लेषण गरिएको छ।