पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक सञ्चालन
पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैबाट सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक गएराति पहिरो खसेको थियो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
राति नै सडक डिभिजन कार्यालय, चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाउन थालिएको थियो। आज बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, चितवनले जनाएको छ।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ।