अमेरिकी स्वयंसेवकको ५७ वर्षअघिको नेपाल डायरी
कोभिड-१९ महामारीका क्रममा रोकिएको अमेरिकी पीस कोर स्वयंसेवकको आगमन पुनः शुरू भएको छ। पछिल्लो महीना २१ जना स्वयंसेवक रहेको २०८औं समूह काठमाडौं आइपुग्यो। सन् १९६२ देखि झन्डै चार हजार अमेरिकी युवाले नेपालमा यसैगरी स्वयंसेवा गरेका छन्। पक्कै पनि ५७ वर्षअघि आइपुगेका स्वयंसेवकको तुलनामा नयाँ आउनेहरूले एकदमै भिन्दै नेपाल भेट्नेछन्। त्यति वेला आएका अमेरिकी स्वयंसेवकले भोगेको नेपाल कस्तो थियो त?
सन् १९६६ अक्टोबर (२०२३ कात्तिक)मा काठमाडौं आएर पैदलयात्रा गरी धादिङ पुगेर त्यहाँको एक ग्रामीण विद्यालयमा डेढ वर्ष पढाएका पीस कोर स्वयंसेवक डेनियल डब्लु. एडवार्ड्सको त्यतिवेलाको दैनिकी यहाँ प्रस्तुत छ:
संस्मरण : डेनियल डब्लु एडवार्डस्
वाचनः दुर्गा राना मगर
यस पडकास्टको पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/136885