रुबिन म्यूजियमको सहयोग नलिन माग गर्दै प्रदर्शन (तस्वीरहरू)
अमेरिकाको न्यूयोर्कस्थित रुबिन म्यूजियमले दिएको सहयोग नलिन माग गर्दै शुक्रबार प्रदर्शन गरिएको छ।
रुबिन म्यूजियम फर आर्टस्को सहयोगमा काठमाडौंको इटुम्बहाल महाविहारमा म्यूजियम स्थापना गर्न लागिएको छ। यसका लागि रुबिन म्यूजियमले २० हजार डलर सहयोग गर्ने भएको छ।
यसमा रुबिन म्यूजियमले दिएको सहयोग लिन नहुने जनाउँदै अधिकारकर्मीले प्रदर्शन गरेका छन्। उनीहरूले रुबिन म्यूजियमको सहयोग लिन नहुने नाराअङ्कित प्लेकार्ड प्रदर्शन गरेका छन्।
यसअघि काठमाडौंबाट चोरिएका मूर्ति रुबिन म्यूजियममै भेटिएका थिए। लामो कूटनीतिक पहलपछि दुई वटा मूर्ति फिर्ता भएका छन् भने अझै थुप्रै मूर्ति रुबिन म्यूजियममा राखिएका छन्।
यसअघि काठमाडौंबाट चोरिएका मूर्ति राखेको रुबिन म्यूजियमले गर्न लागेको सहयोगलाई शङ्का गरिएको हो।
महाविहारमा संग्रहालय बनाउन सहयोग गर्नुभन्दा पनि रुबिन म्यूजियममा राखिएका नेपाली मूर्ति फिर्ता गर्नुपर्ने अधिकारीकर्मीको भनाइ छ।