विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने
फिफा विश्वकप-२०२६ छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।
एशियाली फूटबल महासंघ (एएफसी)ले पहिलो राउन्डको खेलतालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो राउन्डमा ‘होम एन अवे’ का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ।
अहिले नेपाल फिफा वरियतामा १७५औं स्थानमा छ। नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औं स्थानमा छ। यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। पहिलो राउन्डमा २० टोलीले प्रतिस्पर्धा गर्दै छन्।
यसका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक टोली घोषणा गरेका छन्।
नेपाली प्रारम्भिक टोलीः
गोलकिपर: किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की, अभिषेक बराल।
डिफेन्डरः विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई।
मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतीशरत्न छुन्जू।
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन।