सुन तस्करी छानबिनको माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध
करीब १०० किलो सुन तस्करीमा संलग्न सबैलाई कारबाहीको माग गर्दै नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकको नियमित कारबाही शुरू हुने बित्तिकै एमाले सांसदले विरोध जनाएका हुन्। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका थिए।
सभामुख घिमिरेले संसदको कारबाही अगाडि बढाउन खोजेपछि एमाले सांसदले रोस्टम घेराउन गरेका थिए। उनीहरूले गृहमन्त्री विरुद्ध नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित भएको घोषणा गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक साउन १५ गते दिउसो १ बजे बस्ने भएको छ।
सभामुख घिमिरेले संसद्को कारबाही अगाडि बढाउन खोजेपछि एमाले सांसदले रोस्टम घेराउ गरेका थिए। उनीहरूले गृहमन्त्री विरुद्ध नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगन भएको घोषणा गरेका थिए।
प्रतिनिधि सभाको अर्को बैठक साउन १५ गते दिउँसो १ बजे बस्ने भएको छ।