लघुवित्त खारेजीको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
लघुवित्त खारेजीको माग गर्दै पीडितहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा पीडितहरूले प्रदर्शन गरेका हुन्। समितिका अध्यक्ष मनिराम ज्ञवाली माइतीघर मण्डलमा आमरण अनशन बसिरहेका छन्।
उनले उठाएका माग सम्बोधनका लागि दबाब दिन पीडितहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले लघुवित्त खारेज गर्न, सावाँ-ब्याज मिनाहा गर्न र पीडितलाई न्याय दिन माग गरेका छन्।