टाटाका जेन्यूइन पार्टस्को मूल्य घट्यो
टाटा मोटर्सका जेन्यूइन पार्टस्को मूल्य घटेको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनीले टाटाका जेन्यूइन पार्टस्को मूल्य समायोजन गरेको हो। सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन पार्टस्को मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ।
समायोजित मूल्य यही साउन महीनाभरि देशभरका सिप्रदीका सम्पूर्ण नेटवर्क- सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू हुने कम्पनीले जनाएको छ।
यससँगै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन पार्टस्मा ६ महीना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा पनि प्रदान गरिंदै आएको छ।