संसद् भवन अगाडि लघुवित्त पीडितको प्रदर्शन
लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित सर्वसाधारणले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन्।
लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिको अगुवाइमा पीडितले प्रदर्शन गरेका हुन्। देशका विभिन्न स्थानबाट आएका पीडितहरूले केही दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्।
उनीहरूले आज संसद् भवन अगाडि प्रदर्शन गरेका हुन्। संसद् भवन घेराउ गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ।
प्रहरीले रोक्दा केही बेर घम्साघम्सी पनि भएको छ। केही प्रदर्शनकारी संसद् भवन अगाडि पुगेका छन्। संसद् भवनको गेटमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूले लुघवित्त खारेज गर्नुपर्ने, सावाँ-ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने लगायत माग राखेका छन्।