‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ हुने
दुई दशकयता सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ।
सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा शर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो। २० वर्षमुनिको उमेरसमूहमा लक्षित प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ।
प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति समेत पाउनेछन्। यसैगरी ‘स्पेशल मेन्सन’ मा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएमा ५० प्रतिशत छात्रवृत्ति दिइने जनाइएको छ।
अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर दिन प्रतिस्पर्धा आयोजना गरिएको बताए। फिल्म अत्यन्तै सिर्जनात्मक विधा भएको र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले युवालक्षित फिल्म निर्माणमा प्रतिस्पर्धा गर्ने पहल गरिएको उनको भनाइ छ।
“युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने भएकाले यो प्रतिस्पर्धा गर्न लागेका हौं,” उनले भने।