घरकर्जामा राष्ट्र ब्यांक लचिलो, के छ मौद्रिक नीतिमा?
नेपाल राष्ट्र ब्यांकले घरकर्जा तथा शेयर कर्जामा लचिलो नीति ल्याएको छ।
राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेका छन्। मौद्रिक नीतिमा घरकर्जाको सीमा बढाइएको छ।
चालु आर्थिक वर्षमा पहिलो आवासीय घर कर्जा दुई करोडसम्म दिन सकिने व्यवस्था गरिएको छ। यसअघि एक करोड ५० लाखसम्म दिने व्यवस्था थियो।
त्यस्तै, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पनि पुनरावलोकन गरिने भएको छ। ब्यांक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा मार्गदर्शन पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
शेयर कर्जाबारे पनि राष्ट्र ब्यांक लचिलो देखिएको छ। धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटल फन्डमा ब्यांक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने भएको छ।
यसैगरी, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भार सम्बन्धी व्यवस्था पनि पुनरावलोकन गरिने मौद्रिक नीतिमा जनाइएको छ।
मौद्रिक नीतिमा सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न, आफ्नै विदेशस्थित ब्यांक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरीद तथा उपकरण जडान गर्न उद्योग व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातको आधारमा वाणिज्य ब्यांंक मार्फत नै उपलब्ध हुने व्यवस्था गरिने जनाइएको छ।
त्यस्तै, विदेश जाँदा दिने अमेरिकी डलरको सीमा पनि बढाइएको छ। भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधा बापत एक वर्षमा अमेरिकी डलर दुई हजार ५०० सम्म उपलब्ध गराइने भएको छ। यसअघि एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर एक हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था थियो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पूर्णपाठ: