टाटा मोटर्सका शोरुममा ‘मनसुन म्याजिक’ अफर
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी कम्पनीले ‘मनसुन म्याजिक’ अफर ल्याएको छ।
यो अफरमा ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिने भएको छ। नेपाली बजारमा विद्युतीय गाडीको क्रेजलाई ध्यानमा राखेर साउन ८ गतेदेखि ‘मनसुन म्याजिक’ अफर सञ्चालन गर्न लागिएको सिप्रदीले जनाएको छ।
यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका गाडीलाई टाटा मोटर्सका नेक्सन ईभीसँग साट्न सकिनेछ। एउटै ठाउँमा गाडीको मूल्याङ्कन गरिने, गाडीको न्यूनतम चार लाखको मूल्याङ्कन हुने र इन्सुरेन्सको सुविधा पनि रहेको छ।
त्यस्तै, नयाँ गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा छ भने नयाँ गाडीको बूकिङ र मूल्याङ्कनसँगै आकर्षक उपचार योजना पनि रहेको कम्पनीले जनाएको छ।
यो अफर सिप्रदी तथा सिप्रदीका देशभर रहेका आधिकारिक टाटा मोटर्स शोरुममा सञ्चालन हुनेछ।