भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर
काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै महानगरले डोजर चलाएको हो। बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सदनको भवन भत्काएको छ।
तीन दिनअघि महानगरले खाली गर्न निर्देशन दिएको थियो। सदनले खाली नगरेपछि महानगरले भत्काएको हो।
यसको सञ्चालन समाजसेवी भद्रकुमारी घलेले गर्दै आएकी छन्। यसमा पुस्तकालय, विद्यालय, संग्रहालय लगायत थिए।
यसमा असहाय बस्दै आएका पनि थिए। घलेले आफ्नौ सबै सम्पत्ति सदनमा राखेर समाजसेवा गर्दै आएकी छन्।