सिनामंगलमा शङ्कास्पद वस्तु निष्क्रिय पार्दै सेना (तस्वीरहरू)
काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको ‘बम डिस्पोजल’ टोली पुगेको छ।
काठमाडौं मेडिकल कजेल अगाडि सडकपेटीमा बुधबार बिहान शङ्कास्पद वस्तु भेटिएको थियो। त्यसलाई निष्क्रिय पार्न सैनिक टोली सिनामंगल पुगेको छ।
शङ्कास्पद वस्तु राखिएको क्षेत्रमा नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा पनि भेटिएको छ। शंकास्पद वस्तु के हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।