कास्की केन्द्रबिन्दु भएर भूकम्प
कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ः५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।
कास्कीसँगै आसपासका जिल्लामा भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट कुनै क्षति भए/नभएको विवरण भने नआएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
यसअघि गत असार २८ गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको थियो।