‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
“अधिकांश शिक्षकलाई ‘मलाई सबै थाहा छ, मैले किन पढ्ने’ भन्ने लाग्छ। त्यसैले किताब पढ्दैनन्।”
लेखक हरिहर तिमिल्सिना पेशाले शिक्षक हुन्। अढाई दशक शिक्षण पेशामा बिताएका तिमिल्सिनाले पहिलो उपन्यासका रुपमा कखरा ल्याएका छन्।
साँगास्थित नेपाल प्रहरी स्कूलमा अध्यापनरत उनी ‘सिकाउनका लागि पढौं’ अभियान अन्तर्गत शिक्षकलाई उत्प्रेरित गर्ने कार्यक्रममा पनि उत्तिकै सक्रिय छन्। उनी ‘गोजीमा दाम छैन’ लगायत थुप्रै गीतका रचनाकार पनि हुन्।
पछिल्लो किताब कखरा मा केन्द्रित भएर हिमालखबरकाे साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक तिमिल्सिनासँग महेश्वर आचार्यले गरेको कुराकानीः
अन्तर्वार्ता: महेश्वर आचार्य
क्यामरा: सुमन नेपाली
अडिओ: सोमित अधिकारी
सम्पादन: तुषार तण्डुकार
विस्तृत पढ्न: https://www.himalkhabar.com/news/137000