६९ दललाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय (सूची)
निर्वाचन आयोगले लेखापरीक्षण नगराएका ६९ वटा राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको छ।
आयोगको साउन १ मा बसेको बैठकले ती दलहरूलाई रु.सात हजारदेखि रु.२० हजारसम्म जरिवाना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले भने बमोजिम तर समय घर्किएपछि लेखापरीक्षण गराएका १२ वटा दललाई सचेत मात्रै गराउने निर्णय गरेको छ।
आयोगले सोधेको स्पष्टीकरण वेलैमा नबुझाउने ११ वटा दललाई जनही रु.२० हजार जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जनाएका छन्। समयमै लेखापरीक्षण गराएर आयोगलाई जानकारी गराएका ४३ वटा दल जरिवानाबाट जोगिएका छन्।