नेपालले भारत ‘ए’ लाई दिएको १६८ रनको लक्ष्य
एसीसी इमर्जिङ टीम्स कपमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदशा रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा १६७ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन बनाए। उनले ८५ बलमा सात चौका प्रहार गरे।
त्यस्तै, नेपालका लागि गुल्सन झाले ३८, देव खनालले १५ र सोमपाल कामीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
भारतका लागि निशान्त सिन्धूले चार, राजवर्द्धन हंकगरकरले तीन, हर्षित रानाले दुई र मानव सुथरले एक विकेट लिए। केही बेरमा भारतले ब्याटिङ गर्नेछ।
यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो। नेपाल रहेको समूह ‘बी’ मा भारत, पाकिस्तान र यूएई छन्।