गाडी भाडा घट्यो, कुन रूटमा कति?
इन्धनको भाडा घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको छ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो। विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशतले भाडा घटाएको छ।
त्यस्तै, मालवाहक सवारीसाधनमा पनि भाडा घटाएको छ। मालवाहक सवारीसाधनमा पहाडी बाटोमा २.७८ प्रतिशत र तराईको बाटोमा ३.२९ प्रतिशत घटाएको विभागले जनाएको छ।
दुई वा दुईभन्दा बढी प्रदेश भएर चल्ने सवारी साधनको भाडा घटेको हो। स्वचालित मूल्य प्रणाली अनुसार भाडा घटाइएको विभागले जनाएको छ।