मौसम: विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आज राति मधेश, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
यति वेला गण्डकी प्रदेशका केही, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो मधेश प्रदेशका थोरै र अरू प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ।
आज राति मधेश प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा अरू प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ।