बाङ्लादेशलाई पेनाल्टी शूटआउटमा हराउँदै नेपालले जित्यो अन्तर्राष्ट्रिय शृङ्खला
नेपालले बाङ्लादेशलाई पेनाल्टी शूटआउटमा हराउँदै फिफा अन्तर्राष्ट्रिय महिला फूटबल शृङ्खला जितेको छ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रङ्गशालामा आइतबार भएको खेलमा नेपालले बाङ्लादेशलाई पेनाल्टी शूटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको हो। योसँगै दुई खेलको शृङ्खला १-० ले जितेको छ।
नेपाल र बाङ्लादेशबीचको पहिलो खेल बराबरीमा टुङ्गिएको थियो। दुवै टोलीले १-१ गोलको बराबरी खेलको थिए।
आज भएको दोस्रो खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यसपछि पेनाल्टी शूटआउटमा नतीजा निकालिएको हो।