रास्वपा सांसदको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेश गरेका थिए। त्यस लगत्तै रास्वपाका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
रास्वपा सांसदले उठेर विरोध गरेपछि सभामुख घिमिरले बोल्न प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न दिएका थिए। रास्वपा प्रमुख सचेतक परियारले विधेयकको प्रस्ताव पेशको विषय सभामुख घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाए।
सभामुख घिमिरेले भने प्रतिनिधि सभा नियमावली अनुसार नै बैठक चलाएको बताए। उनले रास्वपा सांसदलाई आफ्नो स्थानमा बस्न पटक पटक आग्रह गरे। उनीहरूले बस्न नमानेपछि सभामुख घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
त्यसपछि रास्वपा सांसदले बेल घेराउ गरेका थिए। रास्वपा सांसदको विरोध कारण सभामुख घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगन गरेका छन्।