जङ्गली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जङ्गली च्याउ खाँदा रोल्पाको लुङ्ग्री गाउँपालिका-५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङको मृत्यु भएको हो।
जङ्गली च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, सुलिचौरमा भर्ना गरिएका थियो।
स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि उनीहरूलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रवक्ता प्रकाश भुसालले बताए।